वित्तीय व्यवस्थापनमा चतुर सनी लियोनीको अधिकांश लगानी शेयर बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

वित्तीय व्यवस्थापनमा चतुर सनी लियोनीको अधिकांश लगानी शेयर बजारमा



तपाईलाई सनी लियोनीकाे बारेमा सबै जानकारी हुनु पर्छ । लियोनीको अतीत र वर्तमानको बारेमा जानकार नै हुनुहुन्छ । तर यहाँ तपाईलाई जानकारी नभएको अर्को पक्ष पनि छ । तपाईलाई यो जानकारी होस कि उनि एक बिजनेश गर्ल पनि हुन । शेयर , रियलस्म्यूटेट र चुअल फन्डमा सनी लियोनीले धेरै नै लगानी गरेकी छिन । उनलाई वित्तीय व्यवस्थापनमा  निकै चतुर  मानिन्छ ।

शेयर, गोल्ड र जमीनमा लगानी

सनी अाफैलाई राम्रो विशेषज्ञको रुपमा लिन्छिन । सनीको लगानी बिशेष गरि शेयर, गोल्ड र जमीनमा रहेको छ । सनीले रिटायर्टमेन्ट सेभिङ्गको प्लानमा समेत अाफ्नो लगानी लगाएकी छिन । सनीले इन्डियन रिटार्मेन्ट अकाउन्टमा समेत लगानी गरेकी छिन । उनको अधिकंश लगानी अमेरिकामा छ कारण भारतमा भन्दा अमेरिकामा लगानी गर्न सहज रहेको उनको भनाइ छ । उनि गोल्डमा लगानी गर्ने भने गोल्ड किन्ने भन्दा पनि गोल्डको बन्डमा लगानी गर्छिन ।

पैसाको बारे सनीको सोच

हिन्दी समाचार वेब पोर्टल इकोनाेमिक टाइमसको एक साक्षातकारमा सनीले भनेकी छिन पैसा उनकाे जीवनमा निकै अर्थ पुर्ण छ र पैसाबाट नै जिवन चलेको छ । सनीले भनेकी छिन हामी जे काम गर्ने सोच राख्छाै त्याे पैसा बिना शुरु नै गर्न सकिदैन । सनीले थप भनेकी छिन अाफ्ना अामा बाकाे संघर्ष देखेकि छु र बा बाट धेरै नै सिकेकी छु ।

जोखिम मनपराउने तर समझदारीमा लगानी

सनीलाई सोधियो पैसा खर्च गर्दा जोखिम लिन मन पराउछाै । उनको जवाफ सहज थियो हो म यसलाई सहज रुपमा लिन्छु । उनको भनाइ छ कि म अाफैलाई विश्वास गर्छु । लगानी गर्ने र खर्च गर्ने बराबरको हिसाब नै निकाल्छिन । सनीले भनेकी छिन । म्यूचुअल फन्ड, शेयर बजारमा बिजनेश लगानी धेरैनै जोखिम हो र यसमा समझदारीले काम लिनु पर्छ ।

१८ बर्षको उमेरमा लगानी


सनीले पहिलो लगानी १८ बर्षको उमेरमा गरेकी थिइन । उनले भनेकी छिन त्यो समय जति पैसा कमाउथे त्यसलाई मैले लगानी गरेकाे थिए । उनले वेबसाइट बनाउन , एफिलिएटेड प्रोग्राम शुरु गर्न र फोटो एडिट गर्ने जस्ता काम उनले त्यो बेला सिकेकी थिइन ।

भारत र अमेरिकामा प्रोडक्सन हाउस

सनी लियोनीले भारत र अमेरिकामा अाफ्नै प्रोडक्सन हाउस खोलेकी छिन । उनका पति डेनियल संग मिलेर प्रोडक्सन हाउस शुरु गरेकी हुन । सो प्रोडक्सन हाउसबाट उनले हाल सम्म ५० भन्दा बढी वास्कय फिल्म निर्देशन गरेकी छिन ।

बिजनेस र लगानीमा राम्रो ज्ञ्यान

सनी लियोनी बिजनेश र लगानीमा राम्रो जानकारी राख्छिन । यस कारण पनि उनि अाफनो पैसा शेयर मार्केटमा नै लगानी गर्दछिन । यसको साथै सनीसंग अलग अलग बन्ड पनि छ ।सन्नीले म्यूचुअल फन्डमा समेत राम्रै लगानी गरेकी छिन ।

रिलयस्टेट र अनलाइन गेममा लगानी


उनले पैसे रियल स्टेटमा पनि लगानी गरेकी छिन । उनले अमेरिकाको क्यालिफोर्नियमा अाफ्नो लागि घर समेत किनेकी छिन । उनि केही रियलस्टेट बिजनेस पाटनर बनाएर काम गर्दै अाएकी छिन । सनीले यसको अलावा अनलाइन गेममा समेत लगानी बढाएकी छिन ।

ब्यूटी प्रोडक्ट्समा समेत लगानी

उनको लगानीको क्षेत्र यतिमा मात्रै सिमित छैन । उनले अाफैले प्रयोग गर्ने अहव चीज अर्थात डियोमा समेत लगानी गरेकी छिन । सनीले महिला र पुरुषका लागि छुट्टा छुट्टै डियो बनाउने लस्ट डियो कम्पनीमा अाफ्नो लगानी गरेकी छिन ।

पैसाबाट पैसा नै बनाउने सनी

सनी बलिबुडमा अाएको धेरै भएको छैन । तर सानो समयमा नै उनले प्रभुत्व जमाउन सफल बनिन । सनी बलिबुडम एउटा फिल्मको लागी सबै भन्दा धेरै रकम लिने अभिनेत्रीको सूचीमा छिन । उनले अामदानी अनुसार लगानी समेत बढाउदै लगेकी छिन ।

प्रकाशित : ९ श्रावण २०७४, सोमबार ०३:३३