सानिमा माईको १००% हकप्रद साउन २७ देखि खुल्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा माईको १००% हकप्रद साउन २७ देखि खुल्दै



 काठमाडौं ९ साउन । सानिमा माई हाइडाेपावर लिमिटेडले  साउन २७ गतेदेखि १००% हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सानिमाले १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले भदौ २९ गतेसम्म हकप्रद भर्न सकिने व्यवस्था गरेको छ । हकप्रद बिक्री गर्न सानिमा माईले मंगलबार बुक क्लोज गर्दैछ । यसआधारमा आज (सोमबार) सम्म कायम सेयरधनीले मात्र सानिमाको हकप्रद भर्न पाउनेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटलबाट दरखास्त फारम भर्न र बुझाउन सक्नेछन् । यसैगरी, सानिमा बैंकको उपत्यका भित्रका चुच्चेपाटि, कलंकी, कुमारीपाटि, न्यूरोड र सूर्यविनायक शाखा तथा उपत्यका बाहिर विराटनगर, वीरगंज, बिर्तामोड, दमक, धरान, लहान, नारायणगढ, नेपालगंज र पोखरा शाखबाट पनि फारम भर्न र बुझाउन सकिने छ । लगानीकर्ताले हकप्रद सेयरको दरखास्त फारम बिक्री प्रबन्धक सनराइज क्यापिटल र सानिमा माई हाइड्रपावरको वेबसाइटबाट डाउनलोड गरेर पनि भर्न सक्नेछन् ।

प्रकाशित : ९ श्रावण २०७४, सोमबार ०५:३९