एस डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुयोग श्रेष्ठ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एस डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुयोग श्रेष्ठ



काठमाडौं । एस डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइयो) मा सुयोग श्रेष्ठ नियुक्त भएका छन् । दुई वर्षदेखि यही बैंकको कायम मुकायममा कार्यरत उनलाई सञ्चालक समितिले भोलि देखि लागु हुनेगरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
२ वर्ष अघि देखि तत्कालिन प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेको राजीनामा पछि यो पद रिक्त  थियो र लामो समयसम्म निमित्तको भरमा बैंक सञ्चालन गर्न नपाउने नेपाल राष्ट्र बैंकको नीति अनुसार पनि  बैंकलाई सिइयो नियुक्त गर्न दबाब परेको हो । नवनियुक्त सिइयो श्रेष्ठको कार्यकाल चार वर्षको हुनेछ।

प्रकाशित : ३१ असार २०७२, बिहीबार १६:०२