ज्योतिको ७ लाख ७० हजार कित्ता संस्थापक सेयर फेरि लिलामीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ज्योतिको ७ लाख ७० हजार कित्ता संस्थापक सेयर फेरि लिलामीमा



काठमाडौं,९ साउन  ।ज्योति विकास बैंकले संस्थापक समूहको सेयर पुनः लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले साउन १६ गतेदेखि २३ गतेसम्म ७ लाख ७० हजार ४७।६० कित्ता संस्थापक सेयर सर्वसाधारणले समेत किन्न पाउने गरी लिलामीमा ल्याएको हो । बैंकले यसअघि असार २१ देखि २८ गतेसम्म सर्वसाधारण समूहको ५ लाख ६५ हजार १७१।४० कित्ता र संस्थापक समूहको २८ लाख १२ हजार ३३६।६० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । त्यस बेला संस्थापक समूहको सेयर पूर्णरुपले नबिकेपछि अहिले सर्वसाधारणले पनि किन्न मिल्ने गरी बैंकले फेरि लिलामीमा ल्याउन लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ भन्दा माथि भाउ तोकेर आवेदन दिनुपर्नेछ ।  बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौं पुग्नेगरी बोलपत्र फारम बुझाउनुपर्नेछ । बोलपत्र साउन २५ गते बिहान ७ बजे सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौंमा खालिनेछ ।

प्रकाशित : ९ श्रावण २०७४, सोमबार ०८:०९