अजयराज सुमार्गीले प्रधानमन्त्रीलाई दिए दुई सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अजयराज सुमार्गीले प्रधानमन्त्रीलाई दिए दुई सुझाव



650x432xIMG_7057.jpg.pagespeed.ic.gWO98FHSy_काठमाडौं । सुमार्गी ग्रुप अफ इण्डष्ट्रिजले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड रुपैया“ जम्मा गरेको छ । ग्रुपका अध्यक्ष अजयराज सुमार्गीसहितको टोलीले प्रधामन्त्री निवास बालुवाटारमा प्रधामन्त्री सुशील कोइरालालाई एक करोड रुपैया“को चेक हस्तान्तरण गरेको हो ।

भूकम्पपछि उत्पन्न समस्या दृष्टिगत गर्दै ग्रुपले घोषणा गरेको ५ करोडमध्ये एक करोड रुपैया“ प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा जम्मा गरेको सुमार्गीले जानकारी दिए ।

सुमार्गीले प्रधामन्त्री कोइरालालाई राजनीतिक दलका नेतृत्वहरुबीच बलियो एकता काय गर्दै भूकम्प प्रभावितहरुलाई राहत प्रदान गर्नु पर्ने सुझाव दिएको विज्ञप्तिमा उल्लेख छ । उनले प्रभावितहरुलाई घर निर्माण गरिदिन विश्वभरका कम मूल्यमा घर निर्माण गर्ने समूलाई आमन्त्रण गर्नु पर्ने सुझावसमेत दिए ।

पा“च करोड रुपैया“को राहत घोषणा गरेको ग्रुपले भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गर्दै आएको छ । ग्रुपअन्तर्गतको थाहा सञ्चार समूहमार्फत अहिले पनि राहत वितरणलाई निरन्तरता दि“दै आएको अध्यक्ष सुमार्गीले जानकारी दिए ।

ग्रुपले भूकम्प प्रभावित १२ जिल्लामा १२ सामुदायिक भवन निर्माण निर्माण गर्ने घोषणा गरिसकेकोे छ । एउटा भवनमा आपतकालीन अवस्थामा एक हजार जना अटाउने सक्ने भवन ४५ दिनभित्र निर्माण सम्पन्न गर्ने ग्रुपले जनाएको छ ।

प्रकाशित : १ जेष्ठ २०७२, शुक्रबार १२:१९