मृत्यु दाबीमा कर छुटको नेपाल लाईफ ईन्स्योरेन्सद्धारा स्वागत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मृत्यु दाबीमा कर छुटको नेपाल लाईफ ईन्स्योरेन्सद्धारा स्वागत



काठमाडौं । नेपाल सरकार बाट हालै जारी गरिएको आर्थिक बर्ष २०७२र७३ को बजेटमा जीवन बीमा अन्तर्गत मृत्यु दाबी भुक्तानी गर्दा लाभमा लिदै आएको ५ प्रतिशत कर खारेज गरिएको व्यवस्थालाई नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीले स्वागत गरेको छ ।उपरोक्त व्यवस्थाले मृत्यु दाबी भुक्तानी जस्तो संबेदनशिल विषयमा कर नलिने व्यवस्थाले जीवन बीमा प्रति आम मानिसको सकारात्मक प्रभाव पर्ने कम्पनीले जनाएको छ ।

आगामी दिनहरुमा समेत जीवन बीमा व्यवसायलाई सामाजिक सुरक्षाको कडीको रुपमा बिकास गर्न कर छुट लगाएतका अन्य प्रावधानहरु लचिलो बनाउनु पर्नेमा कम्पनीले जोड दिएको छ ।

’जीवन बीमा सबैको लागि महत्वपूर्ण हो र देशको समग्र विकासमा यसले ठूलो टेवा पुर्याउन सक्ने भएकोले यस तर्फ बिशेष ध्यान पुर्याई आगामी दिनहरुमा बीमा व्यवसाय विस्तारलाई लक्षित गरि नीति तथा कार्यक्रमहरु बनाउन आवश्यक देखिन्छ’ कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सरकारले पुनर्निमाणको लागि ल्याउने ऋणपत्र बीमा कम्पनीहरुलाई लक्षित गरि लामो समयावधिको हुँदा ज्यादै उपयुक्त हुने कम्पनीले जनाएको छ

प्रकाशित : ३१ असार २०७२, बिहीबार १६:०५