शेयर बजारमा नोक्सानबाट बच्न यी उपाय अप्नाउनुस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

शेयर बजारमा नोक्सानबाट बच्न यी उपाय अप्नाउनुस



अफवाहलाई ध्यान नदिनुस

 जब स्टक मार्केट शान्दार तरिकाले उचाइ लिने गर्छ त्यो बेला हल्ला धेरै नै हुन्छ । त्यो बेला अनुभवहिन मानिसहरु शेयर खरिद गर्ने र बेच्ने कुनै अनुभव नभएकाहरु नै शेयर बजारको बारेमा गफचुटेर बसेका हुन्छन । र हल्लाकै भरमा फाइदाको लोभमा शेयर किनबेचमा लाग्छन । यसैलाइनै जुवाको खेल भनिन्छ । जुवाडे सामान्यतय धेरै पैसा गुमाउछन र अझै कमाउछु भन्ने भावनाले काम गरेका हुन्छन । त्यसैले समान्य हल्लाको भरमा लगानी गर्नु समस्या हुन्छ ।

कम्पनीमा लगानी गर्नु पुर्व त्यसलाई बुझनुस

प्राय मानिसहरु बिजनेसलाई बुझ्नु भन्दा पनि अावेगको भरमा शेयर खरिद गरेका हुन्छन । कुनै पनि शेयर खरिद गर्नु भन्दा अगााडी त्यसको बिन्दुको बारेमा विचार गर्न जरुरी छ । जसरी हामी कमाउनको लागि प्रोफेस्नल कोर्ष गर्छाै सोही हिसाबले बिजनेसलाई गति दिनको लागि हरेक किसिमले कम्पनीको बारेमा जानकारी राखे राम्रो तरिकाले कमाइ गर्न सकिन्छ ।

कम्पनीको वित्तीय स्वास्थ्य बुझ्नुस
कम्पनीको वित्तीय स्वास्थ्य पता लगाउन सके तपाईले शेयर मार्केटबाट क्लिटीको शेयर चुन्न सहयोग गर्छ । शेयरका बादशाह वारेन बफेटले दुइ महत्व पुर्ण कुरा बताएका छन – रिटर्न अाउन क्यापिटल एप्लायड(अारअोसीई) र प्राइस अनिर्ग्स(पी/ई) रेसियो । अारअोसीई कुनै पनि कम्पनीको मुनाफाको प्रतिशतको शुचांकाकांक हुन्छ । जुन कम्पनीको अारअोसीई धेरै छ लगानी गर्नको लागि त्यो अतिनै राम्रो हुन्छ । बैकको ब्याजदरको मुनिको अारअोसीई भएको कम्पनीबाट भने बच्न सक्नु पर्छ । पी/ई) रेसियोले कुन कम्पनीको लगानी त्यसको पुँजीले निन्तर लाभ दिन शुरु गर्छ त्यही पी/ई) रेसियो भनिन्छ । अर्थात पी/ई) रेसियो भएको कम्पनीमा लगानी गर्न उतम मानिन्छ । कुनै कम्पनीको शेयर तिब्र गतिमा बढेको छ भने पी/ई) रेसियो ज्यादा छ भने लगानी गर्न राम्रो मानिन्छ ।

लगानीको सहि समय चुन्नुहोस

हामी कुनै तरकारी महंगो भए हतपत किन्दैनाै त्यसको मुल्यमा केही गिरावट अाउने प्रतिक्षामा रहेका हुन्छाैँ र मुल्य घट्ने वितीकै स्टक राख्ने गरिनै किन्छाै । कुनै पनि कम्पनीको शेयर बढेको छ भने धेरै नकिन्नुस थोरै थोरै किन्नुस र जब मुल्य घट्छ त्यो बेला अरु शेयर खरिद गर्नुस र त्यो शेयर त्यस बेला बेच्न सुरु गर्नु जब त्यसको बजारमा चर्चा हुन थाल्छ । त्यसैले समय बलवान हुन्छ हतारमा भन्दा पनि समयको ख्याल गरेर मात्रै किनबेचको खेलमा लाग्नुस ।

उथलपुथलको समयमा धैर्यका साथ अगाडी बढ्नुस

सफल लगानीकर्ताहरु उथलपुथलमा समेत बुद्धिमानि हिसाबले काम गरिरहेका हुन्छन । उनिहरु अाफ्नो भावनालाई लक्ष्यमा हाबी हुनदिदैनन। उनिहरु बजारमा हल्ला अाएकै भरमा लगानीलाई असर हुन दिदैनन । उनिहरुले यो समय राम्रो कम्पनीको शेयर सस्तो मुल्यमा किन्ने माैकाको खोजि गरेर बस्छन । यसकारण उथलपुथलको समयमा धैर्यका साथ लागे नोक्सान हुदैन ।

छानबिन गर्नुस्

राम्रा लगानीकर्ता अाफ्नो क्षमतालाई अाधार मानेर अगाडी बढ्छन । उनिहरु बजारमा भएका गतिविधीलाई अध्ययन समेत गर्दछन । उनिहरु कम्पनीको सहिबिश्लेषण गरेर क्वालिटिमा ध्यान िदएर त्यसमा लगानी गर्छन । त्यसैले बजारको हल्लाको पछि भन्दानि यथार्थको बारेमा जान्नु बुद्धिमानी हुन्छ ।

साना शेयरमा धेरै न लोभिनुस

राम्रो लगानी गर्ने हो भने साना शेयरमा लोभ नदेखाउनुस । किन भने साना शेयरमा लगानी धेरै गुमाउने संभावना पनि अधिक हुन्छ । सानामा लगानी गर्दा भविष्यमा अाउने रिटर्नको पनि ख्याल राख्नु पर्ने हुन्छ । त्यस कारण त्यस्ता साना शेयर खरिद बिक्री निकै संवेदनसिल मानिन्छन ।

प्रकाशित : १० श्रावण २०७४, मंगलवार ०६:१३