बिनोद ढकालले ल्याए भ्यालेन्टिनो ( भिडियो सहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बिनोद ढकालले ल्याए भ्यालेन्टिनो ( भिडियो सहित)



काठमाडाै १० साउन । पप गायन देखि फिल्मको प्लेब्याक गायन सम्म आफूलाई फराकिलो दायरामा प्रस्तुत गर्दै आएका गायक एवं सगितकार बिनोद ढकाल हट मोडल माला लिम्बुको अगाडी रोमान्टिक बनेका छन् । बिनोदको आफ्नै शब्द, संगीत र स्वरमा रहेको नयाँ डान्सिङ नम्बर भ्यालेन्टिनो को भिडियो युट्युव मार्फत रिलिज गरेका छन् ।

 

 

 

उकालीमा पनि हजुर मोटर जाँदो रैछ, मर्छु कि क्या हो गाँजा तानी तानी, भ्रुम भ्रुम लगायतका सफल गीत पस्किएका बिनोदले यस अघि बाजेले गितार बजाको बज्यै नाच्न लजाको बोलको म्युजिक भिडियो बजारमा ल्याएका थिए । बाजेले गितार बजाको म्युजिक भिडियोले राम्रो सफलता पाएपछि बिनोदले भ्यालेन्टिनो बजारमा ल्याएका हुन् ।

अहिले बजारमा ल्याएको भ्यालेन्टिनोले यस अघिका गीत भन्दा धेरै सफलता पाउने दाबी गर्दै ढकालले आफूले अरु भन्दा फरक स्वादका गीतहरु मात्र बजारमा ल्याउने र यसलाई श्रोता तथा दर्शकले मन पराउने बताए । २०६१ साल देखि गायन क्षेत्रमा हात हालेका ढकालले निशाना, मोक्ष, लालटिन, किङ, काुन्ठा लगतायत दर्जन बढी फिल्ममा र्याप, पप लगायतका स्वर र संगीत दिइसकेका छन् ।

यसपटक बजारमा ल्याएको भ्यालेन्टिनो बोलको गीतमा उनलाइ मिना सिंहले फिमेल भोकलमा साथ दिएकी छन् । माला लिम्बु र सुनिल श्रेष्ठले अभिनय गरेको म्युजिक भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका छन् । अमृत सुनुवारको छायाँकनमा तयार गीतको भिडियोलाई शुशील न्यौपानेले सम्पादन गरेका छन् । एशियन म्युजिकले बजारमा ल्याएको यो गीत युवा केन्द्रित रहेको छ ।

प्रकाशित : १० श्रावण २०७४, मंगलवार ०६:५०