डिम्याट खाता नबिकरण गर्नेलाई ग्लोबलले एक लाखको बीमा गरिदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

डिम्याट खाता नबिकरण गर्नेलाई ग्लोबलले एक लाखको बीमा गरिदिने



काठमाडौं, १० साउन। ग्लोबल आईएमई क्यापिटलले आफ्नोमा डिम्याट खोल्ने लगानीकर्ताको निशुल्क बीमा गरिदिने भएको छ । क्यापिटलको नेटवर्कमा डिम्याट खाता खोल्ने लगानीकर्तालाई एक लाख रुपैंया बराबरको सामुहिक दुर्घटना बीमा गरिदिने क्यापिटलले जनाएको हो ।

क्यापिटलका अनुसार साउन आठ गतेबाट क्यापिटल तथा ग्लोबल आईएमई बैंकमा डिम्याट खाता खाल्नेले यस्तो सुविधा पाउने छन् । साउन ३१ गते भित्रमा डिम्याट खाता नविकरण गर्ने लगानीकर्ताले पनि यो सुविधा पाउने क्यापिटलले जनाएको छ । साउन ३१ पछिको हकमा भने सिडिएससीको मेरो सेयर समेत प्रयोग गर्दै डिम्याट खाता नविकरण गराउनेहरुले यो सुविधा पाउने छन् ।

क्यापिटलले अनलाइनबाट डिम्याट खाता खोल्ने व्यवस्था यस अघि नै मिलाई सकेको छ । अनलाइनमा डिम्याट खाता खोल्नका लागि आवश्यक विबरण भरे पछि डिम्याट खाता खोलिएको जानकारी क्यापिटलले गराउँछ । उक्त समयमा भने क्यापिटलमा सम्झैतामा हस्ताक्षर गर्नका लागि एक पटक खातावाहक उपस्थित हुन पर्छ ।

ग्लोबल आईएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्टबाट सिधै डिम्याट खाताको नविकरण सुल्क बुझाउन सकिने क्यापिटलले जनाएको छ । यसका साथै ग्लोबल आईएमई बैंकको अनलाइन बैंकिंगका साथै इसेवाको फाइनान्सियल सर्भिस सेगमेण्टबाट पनि डिम्याट खाता नबिकरण गर्न सकिने छ ।

प्रकाशित : १० श्रावण २०७४, मंगलवार ०७:१६