७ दशमलव ११ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

७ दशमलव ११ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ १० साउन । मंगलबार नेप्सेमा हरियाली छाएको छ। मंगलबार नेप्स ७ दशमलव ११ अंकले उकालो लागेर बन्द भएको छ। मंगलबार कारोबारमा आएका धेरै जस्तो समुहले कमाएका छन् । मंगलबार कारोबारमा आएका १५६ कमपनीको १३ लाख ७१ हजार १ सय १० कित्ता सेयर बाट ९४ करोड ८५ लाख ६५ हजार १ सय ६ रुपैयाको कारोबार भएको छ।
मंगलबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ। आज इन्स्योरेन्स समुह १ सय ५७ दशमलव ३२ अंकले उकालो लागेको छ । मंगलबार उतपादनमुलक समुह ७९ दशमलव ८५ अंकले, जलविघुत समुह १८ दशमलव ०३ अंकले, होटल समुह ८ दशमलव ३९ अंकले, फाइनान्स समुह ६ दशमलव ९६ अंकले,विकस बैँक ६ दशमलव ४८ अंकले,ट्रेडिड. समुह १ दशमलव ३५ अंकले उकालो लागेको छ ।
मंगलबार बैँक र अन्य समुह भने ओरालो लागेको छ । मंगलबार अन्य समुह ३ दशमलव १८ अंकले र बैँक समुह ० दशमलव ४ अंकले ओरालो लागेको छ ।

प्रकाशित : १० श्रावण २०७४, मंगलवार ०९:३१