सानीमा बैंकले एक वर्षमै १ अर्ब ३० करोड रुपैयाँ नाफा कमायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सानीमा बैंकले एक वर्षमै १ अर्ब ३० करोड रुपैयाँ नाफा कमायो



काठमाडौं ११ साउन  । सानीमा बैंकले पनि एक वर्षमै १ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको छ । यो बैंकले गत आर्थिक वर्ष ९९ करोड ६० लाख मात्रै नाफा कमाएको थियो ।

यो बैंकले गत आव२०७३ ७४ मा ३० दशमलव ५३ प्रतिशतले नाफा बढाउन अर्ब बढी नाफा कमाउने बैंकको सूचीमा पर्न सफल भएको छ । यसले अघिल्लो आवको तुलनामा गत आवमा ३० करोड ४१ लाख रुपैयाँ नाफा गरेको छ ।

यो बैंकले असार मसान्तसम्ममा संचित कोषमा २ अर्ब १६ करोड रुपैयाँ जम्मा गरेको छ । यो बैंकको असार मसान्तसम्मको सेयर पुँजी ६ अर्ब ८९ करोड रुपैयाँ छ ।

बैंकले असार मसान्तसम्ममा निक्षेप ५८ अर्ब २२ करोड रुपैयाँ संकलन गरेको छ । यो रकममध्ये बैंकले ५१ अर्ब २६ करोड रुपैयाँ कर्जा सापटी दिएको छ ।

यो बैंकले ९ अर्ब १६ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको खराब कर्जा अनुपात शून्य दशमलव ०१ प्रतिशत रहेको छ । बैकको प्रति सेयर आम्दानी १८ रुपैयाँ ८५ पैसा रहेको छ ।

यो बैंकको सीडी रेसियो ७२ दशमवल ०४ प्रतिशत रहेको छ । यसको प्रति सेयर नेटवर्थ १३१ रुपैयाँ ३२ पैसा रहेको छ ।

प्रकाशित : ११ श्रावण २०७४, बुधबार ०३:२४