ओएस नेपाल म्यूजिक अवार्ड २०७४ को मनोनयन सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ओएस नेपाल म्यूजिक अवार्ड २०७४ को मनोनयन सार्वजनिक



काठमाडौं ११ साउन ।ओएस नेपाल म्यूजिक अवार्ड २०७४ को मनोनयन सार्वजनिक भएको छ । गत २०७३ बैशाख देखि २०७४ असारसम्म सार्वजनिक भएका गीतसंगीतको विभिन्न ४३ विधाको सर्वोत्कृष्ट पाँचभित्र पर्न सफल गीतको मनोनयन सार्वजनिक गरिएको हो । आगामी भाद्र ३ गते सम्पन्न हुन गइरहेको छ । राष्ट्रिय भाव, पप, लोकदोहोरी ,  भोजपुरि , नेपा:भाषा र्  आधुनिक  गीतसंगीतका विभिन्न २ सय १५ स्रष्टा र सिर्जनाहरु उत्कृष्ट पाँचभित्र पर्न सफल भएका छन् । गीतसंगीतको क्षेत्रलाई चलायमान बनाउँदै स्रष्टाको सम्मान, सिर्जनाको सम्मान गर्दै गीतसंगीतको क्षेत्रलाई सम्बद्र्धन, प्रबद्र्धन गर्दै गीतसंगीतमा लाग्नेहरुका लागि उर्जा प्रदान गर्नका लागि यो अवार्डको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

उत्कृष्ट ५ मा परेका सर्जकहरुलाई नोमिनेशन प्रमाणपत्र साउन १२ गते राजधानीको Wicked Spoon Fork & Rock मा विहान १२ बजे एक कार्यक्रम गरेर वितरण गर्ने अवार्डका सदस्य बिबेक कार्कीले जानकारी दिए ।

प्रकाशित : ११ श्रावण २०७४, बुधबार ०७:४९