८ दशमलव ८४ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

८ दशमलव ८४ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ ११साउन । बुधबार नेप्स ८ दशमलव ८४ अंकले उकालो लागेर बन्द भएको छ। बुधबार कारोबारमा आएका धेरै जस्तो समुहले कमाएका छन् । बुधबार कारोबारमा आएका १५६ कमपनीको २५ लाख ३५ हजार ६ सय ६६ कित्ता सेयर बाट १ अर्ब २९ करोड ३ लाख ४१ हजार ३ सय ४८ रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ। आज इन्स्योरेन्स समुह ३ सय ९ दशमलव ८९ अंकले उकालो लागेको छ । बुधबार उतपादनमुलक समुह ३५ दशमलव ४२ अंकले, होटल समुह २५ दशमलव ४३ अंकले, विकास बैँक समुह १४ दशमलव ४१ अंकले, फाइनान्स समुह ४ दशमलव ०३ अंकले र अन्य समुह ० दशमलव ८७ अंकले उकालो लागेको छ ।
बुधबार बैँक र जलविधुत समुह भने ओरालो लागेको छ । बुधबार बैँक समुह ५ दशमलव ४२ अंकले र जलविधुत समुह १ दशमलव ९९ अंकले ओरालो लागेको छ ।

प्रकाशित : ११ श्रावण २०७४, बुधबार ०९:३७