भारतमा इन्धनको मूल्य घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भारतमा इन्धनको मूल्य घट्यो



भारतमा इन्धनको मूल्यमा कमी आएको छ । त्यहाँ पेट्रोल र डिजेलको मूल्य २ रुपैयाँले घटाइएको छ । यद्यपि, यसमा स्थानीय कर भने समावेश गरिएको छैन । पेट्रोलियम कम्पनीहरूले बुधवार रातिबाट लागू हुने गरी इन्धनको मूल्य घटाएका थिए । इन्धनको मूल्यमा गरिएको यो कटौती यो महीनाको दोस्रो पटक हो । पेट्रोलियम कम्पनीहरूले इन्धनको मूल्य घटाएको भएपनि दिल्लीका उपभोक्ताले यसको लाभ उठाउन नसक्ने बताइएको छ ।

दिल्लीमा अरविन्द केजरीवालको सरकारले मूल्य अभिवृद्धि कर भ्याट बढाएकाले इन्धनको मूल्यमा कमी आउने छैन । नयाँ मूल्य अनुसार दिल्लीमा पेट्रोल प्रतिलिटर ६६ रुपया ९० पैसा र डिजेल प्रतिलिटर ४९ रुपया ७२ पैसामा उपलब्ध हुने भारतको सबैभन्दा ठूलो तेल कम्पनी इण्डियन आयल कर्पोरेशन (आईओसी) बताएको छ । पछिल्लो पटक डिजेल र पेट्रोलको मूल्य जुलाई १ मा संशोधन गरिएको थियो । सो अवधिमा पेट्रोल र डिजेलको मूल्य क्रमशः प्रतिलिटर ३१ पैसा र ७१ पैसाले कटौती गरिएको थियो । एजेन्सी

प्रकाशित : १ श्रावण २०७२, शुक्रबार १६:१४