यस्तो छ गरिमा विकास बैंकको अवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यस्तो छ गरिमा विकास बैंकको अवस्था



काठमाडाै १२ साउन । गरिमा विकास बैंकले उल्लेख्य प्रगति गरेको वित्तीय बिबरण प्रस्तुत गरेको छ। अघिल्लो आर्थिक बर्षको यस अवधिमा २२ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा गरेको बैंकले गत आर्थिक बर्ष ३४ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

केन्द्रीय कार्यालय कास्कीको पोखराबाट काठमाडौं महानगरपालिका वडा नम्बर २ लाजिम्पाटमा स्थानान्तरण गरेको गरिमाले गत आर्थिक बर्षमा कारोबार बिस्तारमा राम्रो प्रगति गरेको छ। अघिल्लो आर्थिक बर्षमा ९ अर्ब २२ करोड निक्षेप संकलन गरी ८ अर्ब ७३ लाख रुपैयाँ कर्जा लगानी गरेको गरिमाले गत आर्थिक बर्ष १४ अर्ब ५१ करोड निक्षेप संकलन गरी १२ अर्ब ९९ करोड कर्जा लगानी गरेको छ।

कारोबार बिस्तारसंगसंगै कर्जा तथा निक्षेप संकलनमा व्यापक सुधार गरेको गरिमाको खराब कर्जा अनुपात समेत शुन्य दशमलब ३० प्रतिशतबाट शुन्य दशमलब २५ प्रतिशतमा झरेको छ। यस अवधिमा बैंकले ६१ लाख ८७ हजार उठ्न नसकेको खराब कर्जा समेत उठाएको छ।

२० प्रतिशत बोनस सेयर र ७० प्रतिशत हकप्रद दिएर चुक्ता पुंजी ८५ करोड ३२ लाखबाट २ अर्ब २० करोड ४२ लाख पुर्याएको गरिमाको जगेडा कोष रकम ६२ करोड ५३ लाख पुगेको छ। अघिल्लो आर्थिक बर्षको यस अवधिमा जगेडा कोषमा ३४ करोड ९६ लाख थियो।

यस अवधिमा गरिमाको प्रति सेयर आम्दानी १५ रुपैयाँ ५५ पैसा, मूल्य आम्दानी अनुपात १९ दशमलब ०४ गुणा, प्रति सेयर नेटवर्थ १२३ रुपैयाँ ३८ पैसा, तरलता अनुपात २७ दशमलब ०५ प्रतिशत र पुंजीकोष लागत २५ दशमलब ०४ प्रतिशत रहेको छ।

प्रकाशित : १२ श्रावण २०७४, बिहीबार ०३:०३