सेयर कारोबार हेर्न साइट खुलेन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेयर कारोबार हेर्न साइट खुलेन



काठमाडौं १२ साउन ।नेप्सेको साइट नखुल्दा बिहीबार लगानीकर्ताले सेयर कारोबारका बारेमा जानकारी लिन पाएका छैनन् । सर्वसाधारणले इन्टरनेटबाट कारोबार हेर्न नपाए पनि सेयर कारोबार भने भइरहेको छ । नेप्सेका अनुसार इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकको फाइबरमा समस्या आएकोले नेप्सेको साइट नखुलेकाे हाे । यसको मर्मत गर्ने काम भइरहेको छ । केही समयपछि इन्टरनेट डिस्प्ले खुल्नेछ ।

प्रकाशित : १२ श्रावण २०७४, बिहीबार ०६:३५