कोका–कोलाको अफर ‘बिर्को खोलौं क्यास जितौं’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कोका–कोलाको अफर ‘बिर्को खोलौं क्यास जितौं’



काठमाडौं, १२ साउन । कोका–कोलाले ‘बिर्को खोलौं क्यास जितौं’ अफर सञ्चालन गरेको छ । असार २३ गतेदेखि शुरु भएको उक्त अफर आगामी भदौ २२ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । साथै स्टक रहुन्जेलसम्म पनि लागू हुन सक्ने कम्पनीको भनाइ छ ।

यस अफरअन्तर्गत कोकाकोला, फेन्टा अरेन्ज वा स्प्राइटको प्रत्येक २ सय ५० मिलिको फिर्ता हुने सिसा बोतलको खरिदमा लागू छ । अफरमा १ देखि १०० रुपैयाँसम्मका नगद जित्न सकिन्छ ।

उपभोक्ताले सुनौलो बिर्कोको मुनी लेखिए अनुसार रिटेलरबाट तत्काल नगद पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : १२ श्रावण २०७४, बिहीबार ०७:३६