बाली बिमा गर्ने बढे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बाली बिमा गर्ने बढे



काठमाडौं । कैलालीमा उखु, तरकारी र केराबालीमा गरी १ करोड १९ लाख रुपैयाँ बराबरको बिमा भएको छ । जिल्ला कृषि विकास कार्यलयका अनुसार उखु, तरकारी र केराबालीको बिमा गर्ने कृषकको संख्या करिब सय पुगेको हो । सरकारले कृषि बिमा योजना करिब २ बर्ष अघि लागु गरेको हो । कृषकमा चेतनाको कमी तथा प्रचार-प्रसारमा कमी लगायतका कारण बिमा योजनामा अपेक्षा अनुसार कृषक समेटिन सकेका छैनन् । तर, कृषकले बर्सेनी बाली तथा पशुमा हुने विभिन्न प्रकोपबाट क्षति बेहोर्दै आएका छन् । कृषकलाई बाली बिमाप्रति आकर्षित गर्न सरकारले ७५ प्रतिशतसम्म अनुदान व्यवस्था गरेको छ ।

कृषि क्षेत्रको जोखिम न्युन गर्न तथा कृषकलाई व्यवसायिक बन्न प्रोत्साहन गर्न सरकारले ०६९ बाट कृषि बिमा योजना लागु गरेको हो । पहिलो वर्षमा ५० प्रतिशत प्रिमियम शुल्क अनुदान सहित बिमा सुरु गरिए पनि कृषक आकर्षित नभएपछि गत वर्षदेखि वृद्धि गरी ७५ प्रतिशत पुर्याइएको हो ।

बिमाकं रकम तोडेर ७५ प्रतिशत अनुदान सहित बाली तथा पशुमा ५ प्रतिशत, पंक्षीमा ६ प्रतिशत र माछामा २ प्रतिशत प्रिमियम शुल्क लिएर विभिन्न निर्जीवन बिमा कम्पनी मार्फत कृषि बिमाको व्यवस्था सरकारले मिलाएको छ । कृषकले गरेको उत्पादन लागतलाई आधार मानी बिमांक तोक्ने गरिन्छ ।

प्रकाशित : १ श्रावण २०७२, शुक्रबार १६:२०