नवाज़ शरीफलाई भ्रष्ट्राचारको मुद्दामा दोषी ठहर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नवाज़ शरीफलाई भ्रष्ट्राचारको मुद्दामा दोषी ठहर



काठमाडाै १३ साउन । पाकिस्तानको सर्बोच्च अदालतले प्रधानमन्त्री नवाज़ शरीफलाई भ्रष्ट्राचारको मुद्दामा दोषी ठहर गरेको छ । अदालतले उनलाई सार्बजनिक पद धारणको लागि पनि अयोग्य घोषित गरिदिएको छ । अदालतको ५ न्यायधिसको बृहद पूर्ण इजलासले उनलाई पनामा मुद्दामा दोषी ठहर गरेको हो । अदालतले उनलाई पदबाट बर्खास्त समेत गरेको छ ।

शरीफको परिवार माथि विदेशमा कालोधन राखेको आरोप लाग्दै आएको थियो । यस अघि पनामा पेपर्स लिकले बिश्व भरका राजनीतिज्ञ र बिजनेश म्यानहरुले विदेशमा लुकाईछिपाई राखेको कालो धनको बारमा खुलासा गरेको थियो ।

प्रकाशित : १३ श्रावण २०७४, शुक्रबार १०:००