इजी लिंक रेमिट्यान्स र माछापुच्छ्रे बैंकबीच रेमिट्यान्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

इजी लिंक रेमिट्यान्स र माछापुच्छ्रे बैंकबीच रेमिट्यान्स सम्झौता



काठमाडौं  १३ साउन । इजी लिंक रेमिट्यान्स र माछापुच्छ्रे बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा इजी लिंक रेमिट्यान्सका प्रबन्धक प्रमुख कार्यकारी अधिकृत डीपी अर्याल र माछापुच्छ्रे बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतापछि अब विश्वका विभिन्न देशबाट इजी लिंक रेमिट्यान्समार्फत आएको रकम माछापुच्छ्रे बैंकका देशभरी रहेका ५६ शाखाहरुबाट भुक्तानी लिन सकिने भएको छ । विदेशबाट पठाएको पैसालाई छिटो छरितो तरिकाले सेवाग्राहीसम्म पुर्‍याउन यो सम्झौताले थप सहज बनाउने जानकारी कम्पनीका प्रबन्धक दिपेन्द्र खनालले दिए ।

 

इजी लिंक रेमिट्यान्सले विश्वका विभिन्न मलुकबाट नेपालमा रेमिट्यान्स भित्राउने, आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसंग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाइ तिब्र पारेको छ । इजी लिंक रेमिट्यान्सले खाडी तथा अन्य देशबाट पनि रेमिट्यान्स भित्राउन तिब्र रुपमा अघि बढिरहेको जानकारी गराए ।

यो सम्झाैतासँगै विश्वका विभिन्न मुलकबाट इजी लिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब इजी लिंक रेमिट्यान्सका २२ सय भन्दा बढी एजेन्ट, सब-एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीका प्रबन्धक दिपेन्द्र खनालले जानकारी गराए ।

प्रकाशित : १३ श्रावण २०७४, शुक्रबार ११:३५