ओम फाइनान्सको नाफा १३ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ओम फाइनान्सको नाफा १३ करोड



काठमाडौं ।  ओम फाईनान्स लिमिटेडले  आर्थिक बर्ष २०७१/७२मा १२ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । फाइनान्सको निष्कृय कर्जाको अनुपात ० दशमलव ७१ प्रतिशत, कर्जा निक्षेप अनुपात ७२ दशमलव ७४ प्रतिशत रहेको छ । फाईनान्सको अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा निक्षेप ६ दशमलव ६६ प्रतिशत, कर्जा १४ दशमलव ८७ प्रतिशत र खुद नाफा ४२ दशमलव ४ प्रतिशतले बढी हो ।

असार मसान्तसम्म फाइनान्सले ४ अर्ब ८० करोड निक्षेप संकलन गरि ३ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रबाह गरेको प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्लले जानकारी दिए ।

पोखरामा केन्द्रीय कार्यालय रहेको फाइनान्सले सिटी डेभलपमेन्ट बैंक लिमिटेडसँग मर्जरमा जान सैद्दान्तिक सहमतिको लागि नेपाल राष्ट्र बैंकमा आवदेन दिइसकेको छ । मर्जरपश्चात दुबै संस्थाले राष्ट्रिय स्तरको विकास बैंकको रुपमा ओम डेभलपमेन्ट बैंकको नामबाट संयुक्त रुपमा कारोवार गर्ने जनाइएको छ ।

प्रकाशित : २ श्रावण २०७२, शनिबार १०:४८