टाटाको हुप टिपर बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

टाटाको हुप टिपर बजारमा



काठमाडौं,१६ साउन  । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले एस हुपर टिपर बजारमा ल्याएको छ । फोहोरमैला सहज रुपमा संकलन तथा व्यवस्थापन गर्न एस हुपर टिपर एकमात्र सजिलो विकल्प रहेको बताइएको छ ।

बलियो डिजाइन र मजबुत लिन्केजेस भएको यस गाडीले ८५ देखि ९० डिग्रीसम्म ढल्काएर फोहोरमैला अर्को गाडीमा खन्याउन सक्ने बताइएको छ । गाडीमा १ दशमलव ८ घनमिटर क्षमता रहेको छ । यस टिपरमा सड्ने र नसड्ने किसिमका फोहोर राख्न छुट्टै कम्पार्टमेन्ट रहेको बताइएको छ । गाडी सानो आकारको भएकाले शहरका साँघुरो बाटोमा पनि सजिलै गएर फोहोर संकलन गर्न सकिने जनाइएको छ ।

संकलित फोहोरमैला गाडीबाट नखसोस् तथा दुर्गन्ध नफैलियोस भनेर दुवै कम्पार्टमेन्टलाई छोप्ने मिल्ने छ । यसमा भएको हाइड्रोलिक लिफ्टलाई गाडीको च्यासिससँगै बलियोसँग समावेश गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित : १६ श्रावण २०७४, सोमबार ०६:२४