घर बनाउँंदै हुनुहुन्छ ? क्यान्सर होला नि ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

घर बनाउँंदै हुनुहुन्छ ? क्यान्सर होला नि !



काठमाडौ १६ साउन। सरकारले एस्बेष्ट्स् (निर्माण सामाग्रीमा हुने हानिकारक तत्व) भएको निर्माण सामाग्रीमाथि कडाइकासाथ रोक लगाउने भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागले एस्वेष्ट्स् भएको सिमेन्ट वोर्ड र प्रिफयाव बोर्डलाई आयत हुनबाट रोक लगाएको हो । विभागले एस्वेष्ट्स् नभएको प्रिफयाब बोर्ड, सिमेन्ट वोर्ड, रुफिङ सिटलाई मात्रै आयत गर्न दिने भएको हो । यसका लागि विभागले सवै भन्सार कार्यालयहरुलाई परीक्षण पश्चात मात्रै भित्राउन निर्देशन दिएको छ । प्रयोगशाला परीक्षण गरेर मात्रै जाँंचपास गर्न विभागले देशभरका भन्सार कार्यालयहरुलाई निर्देशन दिएको हो ।
भन्सार विभागका महानिर्देशक रामशरण चिमोरियाले एस्बेष्ट्स भएको निर्माण सामाग्रीका कारण स्वास्थ्यलाई पुयाउन सक्ने हानीनोक्सानीलाई ध्यान दिएर सवै भन्सार कार्यालयहरुलाई निर्देशन जारी भइसकेको जनाए । विभागका सूचना अधिकारी कुलराज ज्ञवालीले भारतलगायतका देशहरुबाट एस्बेष्ट्स् भएको निर्माण सामाग्री भित्रिने गरेका कारण त्यसमाथि नियन्त्रण जमाउन यसो गरिएको जनाए ।
एस्बेष्ट्स् भन्नाले निर्माण सामाग्रीमा हुने क्यान्सरसम्म हुनसक्ने डरलाग्दो खनिज पदार्थ हो । सिमेन्ट वोर्डलगायत रुफिग वोर्ड बनाउँंदा प्रयोग हुने यो एक प्रकारको आँखाले नदेखिने फाइबर हो । दशकौदेखि युरोपलगायत विकशित मुलुकहरुमा क्यान्सरजस्ता रोग निम्त्याउने खतरा भएको भन्दै यसलाई प्रतिवन्ध लगाइएको छ । तर छिमेकी मुलुक भारतमा भने पूर्ण बन्देज छैन । भारतबाटै यहाँं यस्ता निर्माण सामाग्री भित्रिने गर्दै आएको छ ।
अमेरिकामा तीसवर्ष अगाडि नै एस्बेष्ट्स्लाई प्रतिवन्ध लगाए पनि अहिले पनि क्यान्सर रोगको मुख्य कारण एस्बेष्ट्स् रहेको अमेरिकास्थित एस्वेट्स् रोग सचेतना संगठनले जनाएको छ । सन १९७९ मा एस्बेष्ट्स्लाई मार्गनिर्देशन जारी गरे पनि तत्पश्चात ४५ हजार अमेरिकनहरु एस्बेष्ट्स्सँंग सम्वन्धित रोगले मृत्यु भएको मेसोथेलोमिया बेवसाइटमा उल्लेख छ ।
नेपाल सरकारका पूर्व स्वास्थ्य सचिव डा प्रविण मिश्रका अनुसार प्रिफयाब, सिमेन्ट वोर्ड, रुफिग वोर्डलगायत अन्य निर्माण सामाग्रीमा हुने एस्बेष्ट्स्सँंग लामो समय निरन्तर सम्पर्कमा ररिहरहँदा यसबाट क्यान्सरसम्मको खतरा हुनसक्छ । यसलाई विचार गरेर सरकारले गरेको यो कदम स्वागगयोग्य भएको डा मिश्रले बताए । स्वदेशमै एस्बेष्ट्स् नभएको निर्माण सामाग्री पनि उत्पादन हुँंदै आएको छ ।

 

प्रकाशित : १६ श्रावण २०७४, सोमबार ०६:५३