भदौ १६ देखि तेस्रो सराङकोट महोत्सवहुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भदौ १६ देखि तेस्रो सराङकोट महोत्सवहुने



काठमाडौँ १६ साउन ।पर्यटनका लागि सुन्दर नगरी पोखरापुगेका संसार भरका नागरिकहरु सराङकोट नपुगीफर्कीए भने उनीहरु अधुरै रहन्छन । पोखरा र वरिपरिको हिमाली दृश्यलाई सुन्दर सेतुलेजोड्ने बिम्वहो सराङ्गकोट । बाहिरबाट सबैले चिनेको सराङ्गकोटको भित्रीअन्तर्य संसारभरी फैलाउनफेरी एक पटक सराङ्गकोट महोत्सवहुँदैछ । सराङ्गकोट संसार भरका पर्यटन पारखीलाई फेरी निम्तो गर्दैछ ।
तेस्रो सराङ्गकोट पर्यटन महोत्सवआगामीभदौ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदैछ । सराङ्गकोट टोल विकास संस्थाको मूख्य आयोजनातथा सराङ्गकोट समाज सेवायुवाक्लब,स्मृतियुवाक्लब र सराङ्गकोट पर्यटन विकास समितिको सहयोगमा महोत्सवकाे तयारी सुरु गरिएको छ ।
महोत्सवकाआर्कषण
– रत्यौलीगितप्रतियोगिता
– साँस्कृतिक भेषभूषातथाबाजागाजाप्रर्दशनीतथाप्रतियोगिता
– पर्यटक दौड प्रतियोगिता
– विविध साँस्कृतिक÷साँगितिककार्यक्रमहरु
– मौलिकझाँकीप्रर्दशन
– बालउद्यान
– दुना टपरी गाँस्ने प्रतियोगिता
– प्यारा ग्लाईडिङ
– जिप फ्लायर ,मौलिक कलातथा संस्कृति र सराङ्गकोट को पहिचानलाई संसारभर फैलाउनु महोत्सवको उद्येश्य रहेको आयोजकले जानकारी दिएका छन ।

 

प्रकाशित : १६ श्रावण २०७४, सोमबार १०:०६