सबैभन्दा बढी सुन भण्डारण गर्नेमा चीन पहिलो राष्ट्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सबैभन्दा बढी सुन भण्डारण गर्नेमा चीन पहिलो राष्ट्र



काठमाडौं । सबैभन्दा बढी  सुन भण्डारण गर्नेमा  चीन पहिलो राष्ट्र भएको छ । १ हजार ६ सय ५८ टन सुन भण्डारन गरेको चीनले रूसलाई पछाडी पार्दे आफूलाई सुन भण्डारको एक नम्बरमा उभ्याएको हो ।

Gold_Shot
चीनको केन्द्रिय बैंक पीपुल्स बैंक अफ चाइनाले शुक्रवार प्रकासित गरेको जनवरी देखि जूनमहिनाको लागि गोल्ड र फोरेन एक्सचेन्ज रिजर्व डेटा अनुसार चीनको सुन रिसर्वेमा करिब ५७ प्रतिसतको वृद्धि देखिएको छ । उक्त प्रकासित प्रतिबेदनमा सन् २००९ मा १ हजार ५४ टन सुन भण्डारण रहेको आकांडा थियो । वर्ल्ड गोल्ड काउन्सिलको विवरण अनुसार अमेरिकासंग सबै भन्दा बढी ८ हजार १ सय ३३ दशमलब ५ टन सुन रहेको जनाएको छ  । त्यस्तै सुनको भण्डारणको तेस्रो स्थानमा इटाली पर्न सफल भएको छ । ईटालीसंग १ हजार ४ हजार ५१ दशमलब ८ टन सुन भण्डारण रहेको छ । फ्रान्ससंग २ हजार ४ सय ३५ दशमलब ४ टन सुन भण्डारण सहित चौथो स्थान मा पर्न सफल भएको छ । सुन रिजर्वमा चीन आगाडी देखिए पनि ३ दशमलब ६९ लाख करोड डलरको विशालकाय फोरेन एक्सचेन्ज रिजर्वको सानो हिस्सा मात्र हो । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) संग पनि २ हजार ८ हजार १४ टन सुन  रिजर्व रहेको छ ।

प्रकाशित : २ श्रावण २०७२, शनिबार १०:५०