ओम डेभलपमेन्टको मुनाफा कति बढ्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ओम डेभलपमेन्टको मुनाफा कति बढ्यो ?



काठमाडौं, १७ साउन  । ओम डेभलपमेन्ट बैंक लिमिटेडको आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा ४३ करोड ३४ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन गत वर्षको तुलनाभन्दा ४६ दशमलव २८ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले मुनाफा २९ करोड ६५ लाख रुपैयाँ कमाएको थियो ।

१ अर्ब ६४ करोड ३९ लाख रुपैयाँ चुक्ता पुँजी भएको ओम डेभलपमेन्ट बैंकले २३ करोड ४७ लाख रुपैयाँ जगेडाकोषमा राखेको छ । बैंकले निक्षेपमा ३५ दशमलव ५० प्रतिशतले वृद्धि गरी १६ अर्ब ६ करोड १४ लाख रुपैयाँ संकलन गरी कर्जामा १४ अर्ब ५ करोड ९७ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको तुलनाभन्दा ४१ दशमलव ६२ प्रतिशतले वृद्धि गरेको हो । बैंकको खुद व्याज आम्दानी ९७ दशमलव २९ प्रतिशतले वृद्धि गरी ८७ करोड ६६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८४ दशमलव ८३ प्रतिशतले वृद्धि गरेको हो । बैंकले प्रोभिजनमा ४ करोड २६ लाख रुपैयाँ राखिएको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव ९० प्रतिशत रहेको छ भने पुँजीकोष अनुपात १७ दशमलव १९ प्रतिशत रहेको छ ।

जसको प्रतिशेयर आम्दानी वार्षिक २६ दशमलव ३७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक २३ दशमलव ८६ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ६० दशमलव ४३ रुपैयाँ र तरलता अनुपात २९ दशमलव ०५ प्रतिशत रहेको छ ।

प्रकाशित : १७ श्रावण २०७४, मंगलवार ०४:४४