४८ हजार कार्यालय लगानी कोषमा आबद्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

४८ हजार कार्यालय लगानी कोषमा आबद्ध



काठमाडौं, साउन १७ ।नागरिक लगानी कोषमा ४७ हजार ९ सय २५ सरकारी तथा गैरसरकारी संस्था आवद्ध रहेका छन । कोषमा २०७४ असार मसान्त सम्ममा ति कार्यालय आवद्ध रहेका हुन । ति कार्यालयका ६ लाख ८ हजार ८ सय ४९ सहभागीबाट दैनिक र चौमासिक रुपमा प्राप्त हुने फाटवारीलाई कम्पयुटर प्रणालीमा प्रविस्ट गर्ने कार्यँ आफैमा चुनौती पुर्ण भएपनि कोषले सिमित जनशक्तिबाट यो अवधि सम्म ९३ अर्ब ५३ करोड ६२ लाख रुपैया खुद कोष रकम संकलन गर्न सफल भएको छ ।
कोषमा संकलित रकम मध्ये सबैभन्दा बढि कर्मचारी वचत वृद्धि स्विकृत अवकास कोषमा आवद्ध १ लाख ९९ हजार ८ सय ३३ सहभागीको ६२ अर्ब ६९ करोड ६२ लाख रुपैया रहेको छ । नागरिक एकांक योजनामा २ हजार सत्ताइस सहभागीको १ अर्ब ५१ करोड १९ लाख, उपदान कोष योजनाका २५ हजार ६ सय ६० सहभागीको १५ अर्ब १४ करोड ५ लाख, लगानी कर्ता हिसाव योजनाका १४ हजार सहभागीको ३ अर्ब ३ करोड रुपैया संकलन भएको छ ।
त्यस्तै बिमा कोष योजना अन्तरगत निजामती बिमा कोष, शिक्षक बिमा कोष, सैनिक बिमा कोष, नार्क बिमा कोष, नेपाल प्रहरी बिमा कोष, ससस्त्र प्रहरी बिमा कोष र राष्ट्रिय बिमा कोष आयोजनाका ३ लाख ६७ हजार सहभागीको ११ अर्ब १४ करोड ६१ लाख रुपैया संकलन भएको छ ।
गत असार मसान्त सम्ममा कोषले ८५ अर्ब ५० करोड ४९ लाख रुपैया लगानी गरेको छ । कोषले गरेको लगानीमध्ये क्रणपत्रमा १ अर्ब ८० करोड ९३ लाख, बैक तथा बित्तिय संस्थामा ५७ अर्ब ९९ करोड निक्षेप संकलन,समय कालिन कर्जामा ६ अर्ब ६ अर्ब ५७ करोड, संगठित संस्थाको सेयर धितोमा ४ अर्ब २ करोड ४८ लाख र सहभागी सापटी तथा आवाश कर्जामा १५ अर्ब ११ करोड २ लाख रुपैया रहेको कोषका सूचना अधिकृत उद्धव सिलवालले जानकारी दिए ।
यो अवधिमा कर्मचारी वचत वृद्धि अबकाश कोषबाट ७ अर्ब ५७ करोढ १८ लाख , नागरिक एकांक योजनाबाट १ अर्ब ३७ करोड ५५ लाख, उपदान कोष योजनाबाट १ अर्ब ८१ करोड, लगानीकर्ता हिसाव योजनाबाट ३२ करोड रुपैया फिर्ता भुक्तानी भएको छ । निजामती बिमा कोष आयोजनाको २२ करोड ५८ लाख, शिक्षक बिमाको १५ करोड ८३ लाख, शैनिक बिमाको ५ करोड ६८ लाख , नार्क बिमा कोष आयोजनाको १५ लाख, नेपाल प्रहरीको ८३ लाख, ससस्त्र प्रहरीको ७९ लाख रुपैया फिर्ता भुक्तानी भएको छ । गत असार मसान्तसम्ममा सिआटी मोवाइल एप्समा १५ हजार ५ सय सहभागीले सुबिधा लिएका छन ।
कोषको वचत वृद्धि योजनामा १४ हजार ३ सय सस्था सहभागी भएका छन । उपदान कोषमा ३ सय २९,लगानी कर्ता हिसाव योजनामा ४७ कार्यालय सहभागी रहेका छन । त्यसैगरी शिक्षक बिमामा २८ हजार २ सय ६०, सैनिक बिमामा २ सय ७३, नेपाल प्रहरी बिमामा ४ सय ५७, ससस्त्र प्रहरीमा १ सय ४, निजामती बिमा कोष आयोजनामा ३ हजार ८ सय संस्था गरी कुल ४७ हजार ९ सय २५ संस्थाको प्रत्येक महिना र चौमासिक रुपमा हिसाव अध्याबधिक गरेको छ । आर्थिक बर्ष ०७३÷७४ मा कोषबाट रकम भूक्तानी लिने सहभागीको संख्या ५९ हजार १ सय ६० रहेको छ भने कोषमा दैनिक ८ सय ७८ जनाले सेवा लिने गरेको पनि सूचना अधिकृत सिलवालले बताए ।

प्रकाशित : १७ श्रावण २०७४, मंगलवार ०८:४७