डब्लुएफपीको दाल बाँड्ने दाउ भङ्ग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

डब्लुएफपीको दाल बाँड्ने दाउ भङ्ग



काठमाडौं । संयुक्त राष्ट्रसघीय विश्व खाद्य कार्यक्रम डब्लुएफपीले भूकम्प पीडितका लागि बाँड्नका लागि भारतबाट आपूर्ति गरी नेपालजञ्ज ल्याइसकिएको १० लाख केजी ( हजार मेट्रिक टन) पहेंलो केराउको दाल गुणस्तरहीन भन्दै फिर्ता पठाइएको छ ।

नागरिक दैनिकमा सुरेन्द्र पौडेल लेख्छन्–डब्लुएफपीले दाल आपूर्तिकर्तासंग सम्झौता तोड्दै अर्को कमपनीसंग थप दाल मगाएको छ ।

नेपालगन्ज ल्याइएको पहेंलो केराउको दाल विश्व खाद्य कार्यक्रमको गुणस्तरअनुरुप नरहेको भेटियो । समस्या पहिचान हुनासाथ डब्लुएफपीले आपूर्तिकर्तास.गको सम्झौता रद्द गरी फिर्ता पठाएको छ , कुने पनि खाद्यान्न वितरण गरेको छैन, भन्सार विभाग उच्च स्रोतले भन्यो,–अर्को आपूर्तिकर्तासंग थप दाल मगाएको छ ।

स्रोतका अनुसार टर्कीको अर्बेल व्याकलियत हुबुब्याट सनायी भी टी, नामक कम्पनीले पठाएको एक हजार मेट्रिकटन दाल निर्धारित गुणस्तरअनुरुपको नभेटिएपछि डब्लुएफपीले उक्त दाल फिर्ता गर्दे अर्बेलसंगको सम्झौता रद्द गरेको हो । अर्बेलले भारतस्थित अलाइन्स ग्रेन ट्रेडर्स, इन्डिया प्रालीबाट उक्त परिमाणको दाल खरिद गरी भूकम्प पीडितलाई बाँड्न नेपाल ल्याएको थियो ।

प्रकाशित : ३ श्रावण २०७२, आईतवार ०२:५०