कालिञ्चोकमा चौरी महोसत्व’ हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कालिञ्चोकमा चौरी महोसत्व’ हुने



काठमाडौं, १८ साउन । निकै चर्चीत धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थल दोलखाको कालिञ्चोकमा यही साउन २२ र २३ गते ‘कालिञ्चोक चौरी महोसत्व’ हुने भएको छ ।

पहिलो पटक कालिञ्चोक गाउँपालिकाले यस्तो महोत्सव आयोजना गर्न लागेको छ । महोसत्वमा चौरी तथा याकहरुको प्रर्दशन, चौरीजन्य उत्पादनहरुको प्रदर्शन तथा बिक्रीवितरण, चौरीपालसम्बन्धी विज्ञहरुबाट जानकारी, उत्कृष्ठ चौरी छनौट तथा चौरीपालक कृषहरुलाई पुरस्कृत गर्ने, सांस्कृतिक झाक्रीहरु प्रस्तुत गरिने भएको छ । यसले आन्तरिक पर्यटन प्रवर्दनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित : १८ श्रावण २०७४, बुधबार ०४:१८