सनराइज बैंकको सिइओमा रत्नराज बज्राचार्य नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सनराइज बैंकको सिइओमा रत्नराज बज्राचार्य नियुक्त



ceoकाठमाडौं । ग्लोबल आइएमइ बैंक छाडेको भोलीपल्टै शुक्रबार बैंकर रत्नराज बज्राचार्य सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । ग्लोबलमा प्रमुख कार्यकारीको चार बर्षे कार्यकाल सकेपछि बज्राचार्य सनराइजमा नियुक्त भएका हुन् ।

ग्लोबल आइएमइमा उनी एक महिनाको विदामा बसेका थिए । बिहीबार उनको कार्यकाल सकिएको थियो । शुक्रबार सनराइज बैंकको सञ्चालक समितिले आगामी चार बर्षका लागि बज्राचार्यलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

लामो समय राष्ट्र बैंकमा बसेका बज्राचार्यले २०५९ सालदेखि बाणिज्य बैंकिङमा करियर सुरु गरेका हुन् । २०२९ देखि २०४९ सालसम्म राष्ट्र बैंकमा रहेका उनी नायव मूख्य एकाउन्टेन्ट (निर्देशक) भएपछि वाहिरिएका थिए । सन् २००२ मा नेपाल बैंकमा वित्तीय सुधार कार्यक्रम सुरु भएपछि विदेशीहरुको समूहमा बसेर काम गरेका थिए ।

नेपाल बैंक छाडेपछि उनी नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । एनसिसीपछि ग्लोबल आइएमइ छिरेका उनले त्यहाँ मर्जरको नेतृत्व गर्दै बैंकलाई ठूलो बनाएका थिए ।

प्रकाशित : १ जेष्ठ २०७२, शुक्रबार १२:२४