मुक्तिनाथ विकास बैंकको ४० प्रतिशत हकप्रद शेयर निष्काशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मुक्तिनाथ विकास बैंकको ४० प्रतिशत हकप्रद शेयर निष्काशन



काठमाडौं, १८ साउन  । मुक्तिनाथ विकास बैंकले १० बराबर ४ को अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा ६१ करोड ७० लाख ८६ हजार ५०४ रुपैयाँको ६१ लाख ७० हजार ८६५ कित्ता शेयर निष्काशन गरेको हो । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यालिटल लिमिटेड रहेको छ ।

हकप्रद शेयरको विक्री खुल्ला भदौ ४ गते देखि असोज ८ गते सम्म भर्न सकिने छ । १ अर्ब ५४ करोड २७ लाख रुपैयाँ चुक्ता पूँजी भएको मुक्तिनाथ विकास बैंकको हकप्रद निष्काशन प्रश्चायत २ अर्ब १५ करोड ९८ लाख रुपैयाँ पुग्नेछ । बैकको संस्थापक शेयर ५१ प्रतिशत र संस्थापक शेयर ४९ प्रतिशत गरी सय प्रतिशत रहेको छ ।

प्रकाशित : १८ श्रावण २०७४, बुधबार ०५:१९