फिफा भ्रष्टाचार: वेबद्वारा दोषी नरहेको बयान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

फिफा भ्रष्टाचार: वेबद्वारा दोषी नरहेको बयान



फिफाका पूर्व उपाध्यक्ष जेफ्री वेबले न्यू योर्कको एउटा अदालतमा फुटबलको विश्व प्रशासनिक निकाय सम्बन्धी विशाल भ्रष्टाचार काण्डमा आफु दोषी नरहेको बयान दिएका छन्।

उनलाई एक करोड अमेरिकी डलर धरौटीमा घरमा नजरबन्दमा रहने गरि रिहा गरिएको छ।

बिबिसी नेपाली सेवा लेख्छ,गत मे महिनामा स्वीट्जरल्याण्डमा उनलाई गिरफ्तार गरिएको थियो र यसै हप्ता अमेरिका सुपर्दगी गरिएको थियो।

जेफ्री वेब अदालतमा गाढा निलो बीजनेश शुट, सफा सेतो शर्ट र सिल्क टाइ लगाएर उपस्थित भएका थिए।

कडा आरोप

अमेरिकी सैन्य अधिकारीहरुले घेरिएर अदालतभित्र प्रवेश गर्दा उनले आफ्नी श्रीमतीतर्फ फर्केर मुस्काए।

उनको फुटबल करिअर शुरु भएको ठाउँ ब्रिटिश केम्यान आइल्याण्ड्समा धेरैजसो श्रीमान अध्यक्ष भनेर बोलाइने गरेका ठूलो शरिरका वेबले आफु दोषी नभएको निवेदन गरेका थिए।

उनलाई रकम अपचलन गरेको, विद्युतीय बदमाशी गरेको र ठगी गरेको जस्ता कडा आरोपहरु लगाइएको छ।

अदालतमा करिब डेढ घन्टा सुनुवाइ भएको थियो।

उनले फुटबल प्रतियोगिताको बजार व्यवस्थापनको काममा दशौं लाख डलर घुस स्वीकार गरेको आरोप छ।

प्रतिबन्ध

फिफाका पूर्व उपाध्यक्ष वेबलाई एक करोड डलर धरौटीमा रिहा गरिएको छ ।

३५ किलोमिटरको यात्रा प्रतिबन्ध सहित अस्पताल भ्रमण र आफ्ना कानुनी सल्लाहकारलाई भेटनका लागि मात्र घर बाहिर जान पाउने गरि कडा प्रतिबन्ध लगाइएको छ।

उनले उनका तीनवटा पासपोर्ट अधिकारी समक्ष बुझाएका छन्।

अभियोजनकर्ताका अनुसार दुइवटा ब्रिटिश पासपोर्ट हुन्।

वेब फिफा अध्यक्ष सेप ब्य्लाटरका विश्वासपात्र मानिन्छन्।

फुटबलको सर्वोच्च प्रशाशनिक निकाय फिफामा आफ्नो उत्तराधिकारीका रुपमा ब्ल्याटरले वेबलाई हेरेका थिए।

प्रकाशित : ३ श्रावण २०७२, आईतवार ०२:५५