लक्ष्मी इक्विटी फण्डको नेप्सेमा कारोबार खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लक्ष्मी इक्विटी फण्डको नेप्सेमा कारोबार खुल्यो



 काठमाडौं, १८ साउन ।लक्ष्मी इक्विटी फण्डकाे बुधबारदेखि नेप्सेमा  कारोबार खुलेको छ । लक्ष्मी इक्वीटी फण्डको सुरु कारोबार मूल्य १० रुपैयाँ निर्धारण गरिएको छ ।

नेप्सेले लक्ष्मी इक्विटी फण्डलाई कारोबार सिम्बोल एलईएमएफ  प्रदान गरेकोे छ । अब इकाईधनीले आफुसँग भएका लक्ष्मी इक्विटी फण्डका इकाई किनबेच गर्न सक्नेछन् ।

लक्ष्मी इक्विटी फण्डका इकाईहरु बैशाख २२ गतेदेखि २६ गतेसम्म एक अर्ब २५ करोड रुपैयाँको १२ करोड ५० लाख इकाई सार्वजनिक निष्काशन भएको थियो । निष्काशन भएको कुल इकाई मध्ये १५ प्रतिशत लक्ष्मी क्यापिटल र लक्ष्मी बैंकको छुट्याइएको छ ।

लक्ष्मी इक्विटी फण्ड लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केटले निष्काशन गरेको दोस्रो सामुहिक लगानी कोष हो । जसको कोष प्रवर्द्धक लक्ष्मी बैंक र कोष व्यवस्थापक लक्ष्मी क्यापिटल रहेको छ ।

प्रकाशित : १८ श्रावण २०७४, बुधबार ०७:५३