गुडविल फाइनान्सको नाफा किन घट्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गुडविल फाइनान्सको नाफा किन घट्यो ?



काठमाडौ १८  साउन । गुडविल फाइनान्स लिमिटेडले चौथो त्रैमासमा खुद मुनाफा २७ दशमलव ६४ प्रतिशतले घटेर ९ करोड ६० लाख रुपैयाँ मुनाफा कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा फाइनान्सले १३ करोड २७ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

५८ करोड १६ लाख रुपैयाँ चुक्ता पँुजी भएको फाइनान्सले निक्षेपमा ३५ दशमलव १७ प्रतिशत वृद्धि गरी ४ अर्ब ६५ करोड ९ लाख रुपैयाँ संकलन गरी कर्जामा ३ अर्ब ७१ करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानीमा १३ दशमलव ४८ प्रतिशतले घटेर १५ करोड ४४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २६ दशमलव ४२ प्रतिशतले घटेर १० करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

फाइनान्स (GFCL) को निष्कृय कर्जा १ दशमलव ५१ प्रतिशत, पुँजीकोषको अनुपात १६ दशमलव ४३ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक २१ दशमलव १७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक ९ दशमलव ४९ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४२ दशमलव ५० रुपैयाँ र तरलता अनुपात ३३ दशमलव ३९ प्रतिशत रहेको छ ।

प्रकाशित : १८ श्रावण २०७४, बुधबार ०७:५०