एप्पल वल्र्ड मोबाइलमा ‘स्मार्टफोन सट्टा–पट्टा’ मेला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एप्पल वल्र्ड मोबाइलमा ‘स्मार्टफोन सट्टा–पट्टा’ मेला



काठमाडाै १८ साउन । लेटेस्ट एन्ड ब्राण्डेड मोबाइलको बिक्री तथा सबैभन्दा सस्तोमा मोबाइल कारोबार गरिरहेको एप्पल वल्र्ड Appleworld Mobile मोबाइलले स्मार्टफोन सट्टा–पट्टा मेला बुधबारबाट सुरु गरेको छ । दरबारमार्गस्थित मर्कन्टायल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्डले कुनै पनि पुराना स्मार्टफोनसँग नयाँ स्मार्टफोन सट्टा–पट्टा गर्न सहज होस् भन्ने उद्देश्यले मेला गरेको जनाएको छ । मेलामा पुरानो फोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइने एप्पल वल्र्डका सेल्स म्यानेजर निराजन मल्ल ठकुरीले जानकारी दिए ।


मोबाइल एक्सचेन्ज, फेस टु फेस मोबाइल मर्मत, बिश्वबजारमा पाइने सबै मोबाइल उपलब्ध गराई टच एन्ड फिलको सुविधासहित आफ्नो कारोबार गरिरहेको एप्पल वल्र्ड मोबाइलले अन्यत्र भन्दा सस्तो मूल्यमा मोबाइलको कारोबार गरिरहेको छ । पुरानो मोबाइल भएका तथा नयाँ मोबाइल खरिद गर्न चाहनेहरुलाई यो सट्टा–पट्टा मेलाले फाइदा पुग्ने विश्वास सेल्स म्यानेजर ठकुरीले लिएका छन् । मेलामा नयाँ प्रविधिमार्फत फुटेको डिस्प्ले बनाउने, ६० मिनेटमै फेस टु फेस मोबाइल मर्मत गरिदिने तथा मोबाइल खरिदमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
एप्पल वल्र्डमा सामसुङ, जियोनी, ओप्पो, लाभा, जेटटिइ , हुवावे, माइक्रोम्याक्स, पानासोनिक, ओबिआइ, वान प्लस थ्री, आइफोन, एलजी, एमआइ, मेजु, एचटिसी, युएमआइ, माइक्रोसफ्ट, लेनेभो, सोनी, कलर्स लगायतका मोबाइल ब्राण्ड उपलब्ध छन् भने अन्तर्राष्ट्रिय बजारमा पाइने मोबाइल एसोसरिज र ल्यापटपको समेत कारोबार भइरहेको छ । सट्टा पट्टा मेला हरितालिका तीजसम्म चल्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : १८ श्रावण २०७४, बुधबार १०:२३