एनएमबि बैंकको अर्ब पति क्लबमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएमबि बैंकको अर्ब पति क्लबमा



काठमाडौं  १९ साउन । एनएमबि बैंकले आव २०७३/७४ को चौथो त्रैमासिकको एकीकृत वित्तीय विवरण प्रकाशित गरेको छ । साे वित्तीय विवरणअनुसार एनएमबि समूहले अघिल्लो आर्थिक वर्षभन्दा खुद मुनाफा ३९.५ प्रतिशतले वृद्धी गरी १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

सञ्चालन मुनाफा ६० प्रतिशतले वृद्धि गर्दै १ अर्ब ९८ करोड रुपैयाँ पुर्याएको छ । साे बैंककाे नाफाको मुख्य स्रोत गैरकोषमा आधारित आम्दानी र ट्रेजरी आम्दानी रहेको छ भने कर्जा ६२.६ अर्ब रहेको छ ।

जुन आव २०७२/७३ को तुलनामा १५.५ प्रतिशत बढेको छ । बैंक को निक्षेप परिचालन पनि १३ प्रतिशतले वृद्धि भई ७३.२ अर्ब पुगेको छ ।

साथै एनएमबि बैंकले सबैभन्दा ठूलो वैदेशिक लगानी एफएमओ–नेदरलेन्डस्मार्फत् भित्र्याएर एफएमओको लगानी २० प्रतिशत पु¥याएको छ । बैंकले २०७३ साल फागुन महिनामा नवौं वार्षिक ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) सम्मेलनको आयोजना नेपालमा गर्न सफल भएको छ ।

बैंकले सञ्चालन गरेको ‘एक घर एक खाता’ अभियानले बैंकिङ पहुँचबाट टाढा रहेका जनतालाई वित्तीय साक्षरतामार्फत् बैंकिङ प्रणालीमा समावेश गराउन सफल भएको छ ।

प्रकाशित : १९ श्रावण २०७४, बिहीबार ०५:३१