छ्याङदी हाइड्रोपावरको सेयर कारोबार खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

छ्याङदी हाइड्रोपावरको सेयर कारोबार खुल्यो



काठमाडाै १९ साउन । छ्याङदी हाइड्रोपावरको सेयर कारोबार नेप्सेमा खुला भएको छ । छ्याङदीले ९८ रुपैयाँदेखि २९४ रुपैयाँसम्मको ओपन रेन्ज पाएको छ । यसआधारमा बिहीबार छ्याङदीको कारोबार न्यूनतम ९८ रुपैयाँदेखि अधिकतम २९४ रुपैयाँसम्ममा खुला भएको छ । दोस्रो बजारमा कारोबारका लागि छ्याङ्दी हाइड्रोपावरको २७ लाख कित्ता साधारण सेयर गत बुधबार नेप्सेमा सूचीकृत गरिएको थियो । कम्पनीले गत जेठ १४ देखि १८ गतेसम्म १०० रुपैयाँ दरको ५ लाख ४० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । यसको बाँडफाँट असार १७ गते भएको हो । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३४ कित्तासम्म सेयर पाएका थिए ।

प्रकाशित : १९ श्रावण २०७४, बिहीबार ०६:३७