केएल टावरमा सुरु भयो विगअफर सेल, ५० प्रतिशत सम्म छूट सहित उपहारको बर्षा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

केएल टावरमा सुरु भयो विगअफर सेल, ५० प्रतिशत सम्म छूट सहित उपहारको बर्षा



काठमाडौं १९ साउन । चुच्चेपाटी, चाबहिलस्थित केएल टावर मलमा साउन १९ गते विहीबार देखि विगअफर सेल ९द्यष्न यााभच क्बभि०सुरु भएको छ । वार्षिक रुपमाहुदै आएको सेल मेलातीन सातासम्म संचालनहुनेछ ।
नजिकिँदो चाडबाडमा नेपालीको किनमेल संस्कृतिलाई ध्यानमा राखेर मेला अयोजना गरिएको टावरले जनाएको छ । एक्काईस दिनसम्म सञ्चालनहुने मेलामा कुनै पनि सामानको खरिदमा उपभोक्ताले ५० प्रतिशत सम्म छूट पाउने मेलाका संयोजक हिरामणि तिमिल्सिनाले जानकारी दिए ।
साथै सेल मेला अवधि भर सपिगं गर्ने गाहकले दैनिक रुपमा विभिन्न आर्कषक उपहार समेत पाउने छन । दैनिक सेल एण्ड विन अफरमा गाहकले एक हजार रुपैयाँको सपिगं भौचर, के एल फुडकोर्टको लन्च कुपन, एफक्युब सिनेमाको टिकट, मेहेन्दि र हेयर कट कुपन लगायतका विभिन्न उपहार पाउन सक्नेछन।
त्यस्तै बम्पर उपहार अन्तर्गत ४० हजार रुपैंया बराबरको स्मार्ट फोन, दश हजार, पाँच हजार र तीन हजारको सपिगं कुपन , फुलक्यास ब्याक तथा एफक्युब सिनेमाको टिकट जित्न सक्ने आयोजकले जनाएको छ ।
विगअफर सेल मेलामा लुगा, जुत्ता, घडी, ब्याग लगायतका दुई हजार भन्दा बढी किसिमका सामानहरुको खरिदमा असिमित छुट दिइने टावरले जनाएको छ ।
यस सेल मेला अवधि भर केएल टावरमा निःशुल्क नेल आर्ट, फेस पेन्टिङ, सांगीतिक कार्यक्रम, फेशनशो, गेमशो लगायत कार्यक्रम पनि आयोजना हुने बताइएको छ । विगअफर सेल मेला आगामी भदौ १० गते सम्म चल्ने छ ।

प्रकाशित : १९ श्रावण २०७४, बिहीबार ०८:४६