पोखरा फाइनान्सको भर्ने मिति परिवर्तन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पोखरा फाइनान्सको भर्ने मिति परिवर्तन



काठमाडौं १९ साउन । पोखरा फाइनान्सको ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओ भर्ने मिति परिवर्तन भएको छ । यसअघि साउन २५ देखि २९ गतेसम्म एफपीओ भर्न पाइने भनि निकालिएको सूचना गलत भएकाले सच्याइएको फाइनान्सले जनाएको छ । एफपीओ अब साउन २९ गतेदेखि भदौ १ गतेसम्म भर्न पाइने भएको छ । भदौ १ गतेभित्र आवश्यक मात्रामा आवेदन नपरेमा भने भदौ ११ गतेसम्म भर्न पाइनेछ । पोखरा फाइनान्सले फेस भ्यालु १०० रुपैयाँमा १२० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२० रुपैयाँ दरले एफपीओ बिक्री गर्न लागेको हो । न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९०० कित्तासम्म आवेदन दिन पाइनेछ । यसको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट हो । लगानीकर्ताले आश्वा अनुपति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउनेछन् ।

प्रकाशित : १९ श्रावण २०७४, बिहीबार ०९:१३