यस्ता छन डिम्याटका फाइदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यस्ता छन डिम्याटका फाइदा



डिम्याट नेपालमा भर्खर लागु भएको हो । कुनै पनि कम्पनीको शेयर हाल्दा होस या किन बेच गर्दा डिम्याट अनिवार्य भएको छ । अझै पनि डिम्याट बारे अाम सर्वसाधारणमा बुझाइ पुग्न सकेको छैन । डिम्याट प्रविधी नयाँ हो तर बुझ्न सके फाइदाजनक छ ।
यस्ता छन फाइदा
डिम्याट शेयर हराउने , खराब हुने, चोरी हुने र हस्ताक्षर नमिल्ने समस्या हुदैन । डिम्याट खाताको कारण शेयर खरिद बिक्रीमा धोका खाने संभावना पनि समाप्त हुन्छ । यो धेरै नै सुविधाजन छ ।

तपाई अाफ्नो डिम्याट खाता कुनै दाेस्रो व्यक्तीलाई ट्रानसफर गर्न सक्नु हुदैन तर यसमा परेको शेयर अर्कोलाई ट्रानसफर गर्न भने सक्नु हुन्छ ।
डिम्याट खाता संयुक्त रुपमा खोल्न सकिन्छ । शेयर ब्रोकर कम्पनी र अधिक मात्रामा बैंकहरुले डिम्याट खाताको सुविधा दिएका हुन्छन । यसका लागि तपाईले धितोपत्र बोर्डले तोकेको फारम भरेर खाता खोल्न सक्नु हुने छ । यो सगै केवाइसी फारम समेत भर्नु पर्ने हुन्छ ।

प्रकाशित : १९ श्रावण २०७४, बिहीबार ०९:३५