प्रभु बैंकले निष्कृय कर्जा घटायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु बैंकले निष्कृय कर्जा घटायो



काठमाडौं, २० साउन । प्रभु बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा १ अर्ब ७५ करोड १५ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन गत वर्षको तुलनाभन्दा ५३ दशमलव २७ प्रतिशतले वृद्धि गरेको हो । बैंकको गत वर्षको सोहि अवधिमा मुनाफा १ अर्ब १४ करोड ७८ लाख रुपैयाँ रहेको थियो ।

५ अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा २ अर्ब ५ करोड रुपैयाँ राखेको छ । जसले निक्षेपमा ३५ प्रतिशतले वृद्धि गरि ८१ अर्ब ३४ करोड ९५ लाख रुपैयाँ संकलन गरेर कर्जामा ६१ अर्ब ९७ करोड ९५ लाख रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनाभन्दा २७ दशमलव ०८ प्रतिशतले वृद्धि हो ।

बैंकको खुद व्याज आम्दानी २८ दशमलव ५० प्रतिशतले बढेर २ अर्ब ५२ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ५६ प्रतिशतले वृद्धि गरी १ अर्ब ३६ करोड ९७ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकले संचालन मुनाफामा भरीनै वृद्धि गरेको छ । बैंकले प्रोभिजनमा ३४ करोड रुपैयाँ नोगेटिभमा रहेको छ भने १ अर्ब ७२ करोड १७ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ । जसले गर्दा मुनाफामा वृद्धि देखिएको हो ।

बैंकको प्रति शेयर आम्दानी २९ दशमलव ७८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १३ दशमलव ६३ गुणा, प्रतिशेयर नेटवर्थ १३४ दशमलव ८८ रुपैयाँ र तरलता अनुपात ३० दशमलव २५ प्रतिशत रहेको छ ।

बैंक (PRVU) को निष्कृय कर्र्जा ४ दशमलब ०९ प्रतिशतले घटेर ४ दशमलव २९ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात १ दशमलव ०८ प्रतिशतले घटेर ११ दशमलव ०५ प्रतिशत रहेको छ ।

प्रकाशित : २० श्रावण २०७४, शुक्रबार ०४:४९