हिमाल पावर कम्पनीको महाप्रवन्धकमा शाह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

हिमाल पावर कम्पनीको महाप्रवन्धकमा शाह



काठमाडौं । हिमाल पावर कम्पनी लिमिटेडको महाप्रवन्धक डा. संदीप शाह नियुक्त भएका छन् । स्टाटक्राफ्ट नेपालका राष्ट्रिय निर्देशकसमेत रहेका शाहलाई हिमाल पावर कम्पनीको समेत जिम्मेवारी सम्हाल्ने गरेर शुक्रबारदेखि लागू हुनेगरी महाप्रवन्धकमा नियुक्ती गरेको हो ।
विगत नौ वर्षदेखि एसएन पावर/स्टाटक्राफ्टसँग आवद्ध रही नेपालमा नयाँ परियोजना विकासका लागि हिमाल पावर सञ्चालनमा सहयोग गर्दै आएको छ । डा. शाहले क्यानडाको टोरन्टो विश्वविद्यालयबाट स्नाकोत्तर र विद्यावाधिरी गरेका छन् ।
उनी विगत २३ वर्षदेखि नेपालको जलविद्युत क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । आफ्नो क्यारियरको सुरुवात भोटेकोशी पावर कम्पनी लिमिटेडको महाप्रवन्धकबाट सुरु गरेका शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान)को अध्यक्ष भएर नौ वर्ष काम गरेका थिए ।
उनले आफूले थप जिम्मेवारी पाएकोमा उत्साहित भएको बताउँदै सरकार, नेपाल विद्युत प्राधिकरण, स्थानीय समुदायलगायतका सरोकारवालाहरुसँग निकट र मित्रवत साझेदारीमा काम गर्ने बताएका छन् ।
आफूले हिमाल पावर कम्पनीमा धेरै संभावना र चुनौति देखेको बताउँदै शाहले सबैसँग सहकार्य गरेर कम्पनीलाई अघि बढाउने बताए ।

प्रकाशित : ३ श्रावण २०७२, आईतवार ११:२१