किसान माइक्रोफाइनान्सको हकप्रद आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

किसान माइक्रोफाइनान्सको हकप्रद आउने



काठमाडौं, २२ साउन । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको हकप्रद शेयर आउने निश्चित भएको छ । कम्पनीलाई हकप्रद निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएको छ ।

कम्पनीले चुक्ता पूँजीको २४ दशमलव २२ प्रतिशतले हुने ७८ लाख रुपैयाँ बराबरको ७८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । माइक्रोफाइनान्सले हकप्रद शेयर निष्काशन गर्न सिभिल क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट ६१ प्रतिशत बोनस वितरण गरेको कम्पनीको बोनस पछि तीन करोड २२ लाख रुपैंया चुक्तापूँजी पुगेको छ । बोनसपश्चात कायमपूँजीमा उक्त अनुपातको हकप्रद बिक्री गरेपछि कम्पनीको चुक्तापूँजी चार करोड रुपैंया पुग्नेछ ।

प्रकाशित : २२ श्रावण २०७४, आईतवार ०८:४१