भारतमा निर्मित युएमका मोटरसाइकल नेपाली बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भारतमा निर्मित युएमका मोटरसाइकल नेपाली बजारमा



काठमाडौं २२  साउन। आईएमई ग्रुप अन्तर्गतको आईएमई अटोमोटिभ्स्ले भारतमा उत्पादन भएका युएम बाइकको बिक्री वितरण सुरु गरेको छ । भारतको उत्तराखण्डको काशीपुरमा अवस्थित फ्याक्ट्रीमा निर्मित रेनेज्ड ३०० सिरिज बाइकको बिक्री शुरु गरेको हो ।

आइएमई अटोमोटिभ्सले युएमबाइकको ३०० सिरिजको रेनेज्ड कमाण्डो ३०० र रेनेज्ड स्र्पोट एस ३०० मोडेलहरुको बिक्री सुरुगरेको हो । कार्यक्रममा आईएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकालले मोटरसाइकलले नेपाली बजारमा राम्रै स्थानलिने विस्वास व्यक्त गरे ।

कार्यक्रममा आईएमई अटोमोटिभ्स्का प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले युएमका प्रमुख मोडेलहरु रिनिगेड कमान्डो र रिनिगेड स्पोर्ट एस ३०० सिरिज सेग्मेंटले युएम बाइक राइडर र उत्साहीहरुलाई विश्व स्तरिय बाइकिङ्ग अनुभब दिने धारणा राखे ।

साथै उनले काठमाडौँ लगायत देशका अन्य ठाउँहरुमा अवस्थित ३ एस सेटअपहरुबाट सेल्स, सर्विस र पार्ट्स उपलब्ध गराउने बताए ।

रेनेज्ड कमाण्डो ३०० मुल्य ४ लाख ९२ हजार रहेको छ भने, रेनेज्ड स्पोर्ट एस ३०० को मुल्य ४ लाख ९९ हजार रहेको छ । १८ लिटरको फ्युल ट्रयाङकी रहेको छ ।

प्रकाशित : २२ श्रावण २०७४, आईतवार १२:४१