२ दशमलव ८९ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

२ दशमलव ८९ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ २३ साउन । सोमबार नेप्से २ दशमलव ८९ अंकले उकालो लागेर बन्द भएको छ । सोमबार कारोबारमा आएका धेरै जस्तो समुहले कमाएका छन । सोमबार कारोबारमा आएका १५९ कमपनीको ३९ लाख ४२ हजार ८० कित्ता सेयर बाट ९४ करोड ६० लाख ८३ हजार ३ सय ३२ रुपैयाको कारोबार भएको छ।
सोमबार सबै भन्दा धेरै होटल समुहले कमाएको छ । सोमबार होटेल समुह १९ दशमलव ६५ अंकले उकालो लागेको छ । सोमबार फाइनान्स समुह १३ दशमलव ९ अंकले, अन्य समुह १३ दशमलव ८८ अंकले,विकास बैँक ४ दशमलव ११ अंकले र इन्स्योरेन्स समुह ३ दशमलव ३९ अंकले उकालो लागेको छ ।
सोमबार जलविधुत समुह १० दशमलव ५३ अंकले, उतपादनमुलक समुहल ३ दशमलव ४४ अंकले र बैँक समुह ० दशमलव ५२ अंकले ओरालो लागेको छ ।

प्रकाशित : २३ श्रावण २०७४, सोमबार ०९:४०