लुम्बिनी विकास बैंकको शाखा कार्यालय स्थानान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लुम्बिनी विकास बैंकको शाखा कार्यालय स्थानान्तरण



काठमाडौं  २३ साउन ।लुम्बिनी विकास बैंक लिमिटेडको नुवाकोट जिल्ला, खड्गभन्ज्याङ्ग गाविसमा अवस्थित शाखा कार्यालयलाई सोही जिल्लाको बिदुर नगरपालिका, देवीघाटमा स्थानान्तरणको बिधिवत्उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ । बैंकले ग्राहकवर्गलाईथप सहज एवँ सरल बैंकिङ्ग कारोबार गर्न सुबिधा मिलोस भन्ने हेतुले सम्पुर्ण भौतिक पुर्वाधारयुक्त रहेको देविघाटमा शाखा कार्यालय स्थानान्तरण गरेको हो ।
उक्त शाखा स्थानान्तरण कार्यक्रमको बिधिवत् समुद्घाटन बैंकका संचालक समितिका अध्यक्ष  सुशिल राज पराजुलीले गर्नुभयो ।

  उक्त समुद्घाटन कार्यक्रममा स्थानीय वडा अध्यक्ष, उद्योग वाणिज्य महासंघ नुवाकोटका अध्यक्ष लगायत अन्य गन्यमान्य ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
लुम्बिनी विकास बैंक लिमिटेडले आप्mना शाखा कार्यालयहरुवाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै ATM, ABBS, Mobile Banking, Remittance,लकर लगायतका बैंकिङ्ग सेवा सुबिधाहरु प्रदान गर्दै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको छ । बैंकको केन्द्रीय कार्यालय काठमाण्डौंमा रही देशका विभिन्न भागमा छरिएर रहेका ५१ वटा शाखा सञ्जालहरुवाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : २३ श्रावण २०७४, सोमबार १०:४६