उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारण शेयर जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारण शेयर जारी गर्ने



काठमाडौं, २४ साउन  । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनको अनुमतिका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा एक करोड ६५ लाख रुपैयाँको एक लाख ६५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

तीन करोड ८५ लाख रुपैयाँ चुक्ता पुँजी भएको उन्नति माइक्रोफाइनान्सले गत आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा एक करोड ६९ लाख रुपैयाँ खुद मु्नाफामा कमाएको छ जुन गत वर्षको तुलनाभन्दा साढे ७ गुणाले वृद्धि भएको हो । अघिल्लो गत वर्षको सोहि अवधिमा मुनाफा २२ लाख रुपैयाँ आर्जन गरेको थियो ।

जगेडाकोषमा १४ करोड ८० लाख रुपैयाँ राखेको कम्पनीले सो अवधिमा निक्षेपमा साढे ३ गुणाले वृद्धि गरी १५ करोड ३३ लाख रुपैयाँ संकलन गरेको छ । ५७ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । जुन गत वर्षको तुलनाभन्दा साढे २ गुणाले वृद्धि गरेको हो । उन्नति माइक्रोफाइनान्सको खुद व्याज आम्दानी साढे ३ गुणाले बढेर ५ करोड १५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १० गुणाले वृद्धि गरेर २ करोड ५६ लाख रुपैयाँ पुर्याएको छ । लघुवित्तले ३४ लाख रुपैयाँ प्रोभिजनमा राखिएको छ ।

उन्नति माइक्रोफाइनान्सको पुँजिकोषको अनुपात ९ दशमलव १९ प्रतिशत रहेको छ ।

प्रकाशित : २४ श्रावण २०७४, मंगलवार ०५:३८