दश वर्षमा नेपालले काँचुली फेर्छ: प्रधानमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दश वर्षमा नेपालले काँचुली फेर्छ: प्रधानमन्त्री



susilकाठमाडौं। प्रधानमन्त्री सुशील कोइरालाले संघीयताको सिमांकनलाई टुंगो लगाएर संविधान जारी गर्ने प्रयास भइरहेको बताएका छन् ।

राजधानीमा आइतबार भएको नेपाल इन्जिनियर्स एसोसिएसनको ५३ औं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री कोइरालाले प्रमुख दलहरुले संघीयताको सिमांकन टुंगो लगाउने प्रयास गरिरहेको बताएका हुन ।

उनले संघीयताको सिमांकन टुंगो लगाएर संविधान जारी गर्न सकिए कम विवादित हुने भएकाले त्यसको प्रयास भइरहेको स्पष्ट पारे ।

प्रधानमन्त्री कोइरालाले लामो समयदेखिको राजनीतिक गतिरोध तथा अस्थिरताले गर्दा देशको विकास हुन नसकेको भन्दै संविधान जारी भएपछि त्यसको समाधान हुने विश्वास व्यक्त गरे ।

नेपालका कुनै पनि सरकार लामो समयसम्म टिक्न नसकेकाले समस्या सिर्जना हुने गरेको उनको भनाइ थियो ।

प्रधानमन्त्री कोइरालाले भूकम्पपछि मुलुक पुनर्निर्माणको बाटोमा अघि बढिसकेकाले अबका दिनमा बन्द, हड्ताल जस्ता आन्दोलनका कार्यक्रमको कुनै अर्थ नहुने बताए ।

उनले युरोप र अमेरिकाको विकासको गति अबका दिनमा एसियाली मुलुकमा सरेको दाबी गर्दै अबको ८/१० वर्षमा नेपालले पनि काँचुली फेर्ने जिकीर गरे  ।

कार्यक्रममा उर्जा मन्त्री राधा ज्ञवालीले भूकम्पले ध्वस्त बनाएका गाउँ बस्तीको प्रभावकारी पुनर्निर्माणमा लाग्न इन्जिनियरहरुलाई अपील गरिन ।

कार्यक्रममा इन्जिनियरहरुले देशको पुनर्निर्माणमा सक्रियतापूर्वक सहभागी हुने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित : ३ श्रावण २०७२, आईतवार १५:५१