कृषि विकास बैंकको प्रगति सामान्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कृषि विकास बैंकको प्रगति सामान्य



काठमाडौं, २५ साउन  । कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमास सम्ममा आईपुग्दा मुनाफा २ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ कमाएको छ जुन अघिल्लो वर्षको तुलनामा १२ दशमलव ६५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले मुनाफा २ अर्ब ४६ करोड ४६ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

१२ अर्ब ५२ करोड ३ लाख रुपैयाँ चुक्ता पूँजी बैंकले जगेडाकोषमा ९ अर्ब ८८ करोड ८० लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा १३ दशमलव ७९ प्रतिशत वृद्धि गरी ९९ अर्ब ९५ करोड २० लाख रुपैयाँ संकलन गरेको छ । जसबाट कर्जामा ८८ अर्ब २९ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ११ दशमलव ३९ प्रतिशतले वृद्धि गरेको हो । त्यस्तै खुद व्याज आम्दानी १३ दशमलव ४६ प्रतिशतले बढेर ७ अर्ब १० करोड ४० लाख रुपैयाँ पुगेको छ र संचालन मुनाफा ३० प्रतिशतले बढेर २ अर्ब ८५ करोड २७ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ राखेको छ भने ६९ करोड ६८ लाख रुपैयाँ खराबकर्जा उठाएको छ ।

बैंकको पूँजीकोष अनुपात शुन्य दशमलव ३१ प्रतिशतले बढेर १७ दशमलव ४७ प्रतिशत र निस्कृय कर्जा १ दशमलव ३९ प्रतिशतले घटेर २ दशमलव ९७ प्रतिशत रहेको छ ।

बैंकको प्रति शेयर आम्दानी ३४ दशमलव ५८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १२ दशमलव ५८ गुणा, प्रतिशेयर नेटवर्थ २ सय ३४ दशमलव ९१ रुपैयाँ र तरलता अनुपात ३१ दशमलव १८ प्रतिशत रहेको छ ।

प्रकाशित : २५ श्रावण २०७४, बुधबार ०५:४८