६ दशमलव २२ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

६ दशमलव २२ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ २५ साउन । बुधबार नेप्से ६ दशमलव २२ अंकले ओरालो लागेर बन्द भएको छ । बुधबार कारोबारमा आएका धेरै जस्तो समुहले गुमाएका छन । बुधबार कारोबारमा आएका १५९ कमपनीको २८ लाख ३२ हजार ४ सय ४५ कित्ता सेयर बाट ९१ करोड ६२ लाख ४१ हजार ७ सय ३२ रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै उतपादनमुलक समुहले गुमाएको छ। बुधबार उतपादनमुलक समुह २५ दशमलव १४ अंकले ओरालो लागेको छ। बुधबार जलविधुत समुह १२ दशमलव ७५ अंकले, विकास बैँक समुह १२ दशमलव ७२ अंकले,बैँक समुह ६ दशमलव ४८ अंकले,फाइनान्स समुह ३ दशमलव ७ अंकले र अन्य समुह १ दशमलव ४५ अंकले ओरालो लागेको छ।
बुधबार इन्स्योरेन्स र होटेल समुह भने उकालो लागेको छ । बुधबार इन्स्योरेन्स समुह ८ दशमलव ७१ अंकले र होटल समुह १ दशमलव ३५ अंकले उकालो लागेको छ ।

 

प्रकाशित : २५ श्रावण २०७४, बुधबार ०९:३१